शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • न्युजिल्याण्डविरुद्ध भारतको क्लिन स्वीप

न्युजिल्याण्डविरुद्ध भारतको क्लिन स्वीप

  • सोमवार, मंसिर ६, २०७८
न्युजिल्याण्डविरुद्ध भारतको क्लिन स्वीप

कोलकातामा खेलिएको अन्तिम टी२० खेलमा भारतले न्युजिल्याण्डलाई ७३ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गर्न सफल भएको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ३ विकेट लिए ।

१ सय ८५ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड १७.२ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा अलआउट हुन पुग्यो । मार्टिन गुप्टिलले ५१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतको जीतमा ३ विकेट लिएका अक्षर पटेल म्यान अफ द म्याच घोषित भए ।

न्युजिल्याण्डविरुद्ध लगातार तेस्रो जीत हासिल गर्दै भारतले नयाँ इतिहास पनि रचेको छ । भारतले न्युजिल्याण्डलाई आफ्नो घरेलु मैदानमा टी२० शृङ्खलामा क्लिन स्वीप गरेको यो पहिलो अवसर हो । सन् २०१२ मा दुई टोलीबीच भएको पहिलो टी२० शृङ्खलामा न्युजिल्याण्डले भारतलाई हराएको थियो भने २०१७ मा भने टी२० शृङ्खला भारतले जितेको थियो । यसमा दुवै टोली क्लिन स्वीप गर्न भने असफल भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार