शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

  • आइतवार, मंसिर ५, २०७८
आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको फाइजर खोप दिन थालिएको छ । काठमाडौं र ललितपुरमा कोरोनाविरुद्धको फाइजर खोप बालबालिकालाई दिन सुरु गरिएको हो ।

हिजोसम्म १२ वर्षमाथिका दीर्घरोगलाई खोप दिइएको थियो । आजदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय गरेको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाले जनाएको छ ।
मौज्दात रहेको खोप करिब २८ सय बालबालिकालाई दिइने छ । सरकारले दीर्घ रोगीलाई खोप लगाएर बचत भएपछि स्वस्थ बालबालिकालाई खोप दिने निर्णय गरेको हो । फाइजर खोप पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने खोप शाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार