शनिबार, जेष्ठ १२, २०८१

गजल!

  • शनिबार, मंसिर ४, २०७८
गजल!

गरिब को झुप्रो ओत लाग्ने यो खरको कथा,
लेख्छु बगेको आंशु र भत्केको घरको कथा।

निडर लेखि रहेकैछुँ जीवन भरि जसरि पनि,
बिना पानीका प्यासा सुकेका बगरको कथा।

पैदल यात्रुकै लागि प्याउ बनेका पसिनाहरू,
बुढा पुराना ले लगाएका पिपल बरको कथा।

बोकेर रित्तो झोला कामको तलाशमा हिंड्ने,
दुखि गरिब र उन्को अन्जान सफरको कथा।

खान र लगाउनमा नै अपहेलित मान्छेहरूमै,
आफु माथि बित्ने आपबित्ति जहरको कथा।

नियम बनाउँछन तोड्छन ति धनमानहरूले,
उनैको उपदेशमा गरिबहरूको डरको कथा।

लेखि रहेकोछ यो सेतेले बिहान बेलुका पनि,
यस्तै बिवस्तामै बित्ने जीवन निर्भरको कथा।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार