शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या प्रयास

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या प्रयास

  • बुधबार, मंसिर १, २०७८
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या प्रयास

उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको हत्या गरेको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

गौतमका अनुसार सन्तबहादुरले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन्। सन्तबहादुरकी दुई जना श्रीमती छन्।

कान्छी श्रीमतीले आफूलाई छाडेर जाने डरले उनले हत्या गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए। सन्तबहादुरले श्रीमती चतुरमायामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

उनले फेरि सोही हतियारले आफ्नो घाँटी काटेको प्रहरीले जनाएको छ। आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी सहायक निरीक्षकको टोली खटिएको थियो।

‘कान्छी श्रीमती एकदिनको लागि कहीँ गएको छ भने पनि उनले आफूलाई छाडेर गएको भन्ने बुझ्ने रहेछन्। श्रीमान घाइते अवस्थामा भए पनि बोल्न सक्ने अवस्थामा हुनुहुन्छ,’ गौतमले भने,’यी कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेका छन्। हामी थप अनुसन्धान गरिरहेका छौं।’

प्रहरीले घाइते सन्तबहादुरको उपचारको लागि जिल्ला अस्पताल पठाएको छ। यता जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानको लागि टोली खटिएको छ। सेताेपाटीबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार