बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • मुगुमा अगलागि : ५० करोड बढीको क्षति, १७ परिवार बिच्चलीमा

मुगुमा अगलागि : ५० करोड बढीको क्षति, १७ परिवार बिच्चलीमा

  • मङ्लबार, कार्तिक ३०, २०७८
मुगुमा अगलागि : ५० करोड बढीको क्षति, १७ परिवार बिच्चलीमा

मुगु–मुगुको सदरमुकाम गमगढी तल्लो बजारमा सोमबार राति आगलागि हुदा ५० करोड बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । खान पकाउने सिलिण्डर ग्यास बिस्पोट हुने डरले आगो नियन्त्रण नगर्दा ठूलोरुप लिएको प्रहरीले जनाएको छ ।
सोमबार राति साढे १२ बजे ठील्ले लामाको घरमा पुजा कोठाको दियोबाट सल्केको आगोबाट गमगढीस्थित तल्लो बजारका १७ घर र चार टहरा पूणर् रुपले जलेर नष्ट भएका हुन् । घर भित्र भण्डारण गरिएका सिलिण्डर ग्यास विष्फोट हुने डरले आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको आगो नियन्त्रणमा जुटेका स्थानियले बताएका हुन् ।
पुजा कोठाको दियोबाट सल्केको आगो देखा पर्ने बित्तिकै स्थानियले आगो निभाउन खोजेका थिए । तर घरधनीले घर भित्र खान पकाउने ग्यास सिलिण्डर रहेको जानकारी दिएपछि आगो निभाउन गएका डराएका थिए । आगलागि भएका घरमा रहेका पसल पूणर्रुपले क्षति भएको घरभित्र रहेका सिलिण्डरहरु विष्फोट भइसकेपछि मात्र आगो नियन्त्रणमा आएको छाँयानाथ रारा—१ का बिरजङ्ग मल्लले बताए ।
तल्लो बजारमा रहेको लामाको घर सहित छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादुर शाही, छत्त बहादुर मल्ल कुसलाला सावद, पृथ्बिजङ्ग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, घर जलेर नष्ट भएका हुन । त्यस्तै दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, बिशाल मल्ल, पुतलि शाही, लक्ष्मि शाही सुभाष मल्लको घर पूणर् रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्र बहादुर भट्टराईले वताए । आगो नेपाल प्रहरी, शस्त्र नेपाली सेना र स्थानियले बुधबार बिहान ४ बजे नियन्त्रणमा ल्याएका थिए ।
आगलागि बाट घरबारबिहिन भएका परिवार बिच्चलीमा परेका छन् । घर मात्र नभई घरमा भएको सबै सम्पत्ति जलेर खरानि भएपछि बिच्चलीमा रहेको स्थानिय बिशाल मल्लले वताए । शरिरमा लगाएका लुगा बाहेक सबै जलेर खरानि भएका छन्, कहाँ बस्ने के खाने चिन्ता भएको अग्नि पिडित लक्ष्मि शाहिले वताएका छन् ।
आगो लागेर घरबारविहीन भएकाका लाई संघ, प्रदेश र स्थानिय सरकार सँग राहत तथा पुर्नस्थापनाका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले वताएका छन् । जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षिय बैठकले पीडितहरुलाई तत्काल राहतका लागी अपिल गरेको छ । क्षति विवरण संकलन गर्नुका साथै जिल्लास्थित गैर सरकारी संस्था तथा अन्य सरोकाररवाला निकायलाई राहत उपलब्ध गराउन अनुरोध गरिएको छ । प्रदेश संघिय सरकारलाई पीडितहरुको घर निमाणर्का लागी अनुरोध गर्ने निणर्य समेत भएको छ । कणर्ाली प्रदेश सरकारले समेत तत्काल खाद्यान्न तथा गैर खाद्य सामग्री उपलब्ध गर्ने जानकारी गरेको प्रमुख जिल्ला अधिकारी महतले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार