शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • थप ५३३ जनामा कोरोना संक्रमण, १ को मृत्यु

थप ५३३ जनामा कोरोना संक्रमण, १ को मृत्यु

  • मङ्लबार, कार्तिक २३, २०७८
थप ५३३ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं — १६ हजार ७३६ नमूना परीक्षणमा ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १४ हजार ९१८ नमूनाको पीसीआर र १ हजार ८१८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआर विधिबाट ४४३ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको हो।

यस्तै मंगलबार थप ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार आज थप ४ सय ८४ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १२ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार