गजल !

  • मङ्लबार, कार्तिक २३, २०७८
गजल !

सात दशक सम्म बलिदानि पुर्ण शंघर्ष गरेर ल्यायौँ,
गणतन्त्र देशमै हामि जनआन्दोलनमा झरेर ल्यायौं।

त्यत्तिकै आएन बहुदलिय ब्यबस्था देश भित्र आज,
हजारौं हजार विर देशभक्त हरू समेत मरेर ल्यायौँ।

हाम्रै शंघर्ष को परिणाम बनेको हो सम्बिधान समेत,
हामि आफुले आफ्नै रगत र पसिनामा तरेर ल्यायौँ।

भन्न त सजिलोछ नेतालाई यो भन्दा राजतन्त्र ठिक,
थाहा छ युवाको रगत र पसिना समेत छरेर ल्यायौँ।

देश र बिदेशमा बसेका जनताले ज्यान झोकि याहाँ,
आफु नी भिषण त्यो जन आन्दोलनमा परेर ल्यायौँ।

आफ्नै ज्यु ज्यानको बाझि लगाउँदै हामि देश बाशि,
निरन्तर शंघर्ष मा परेपछि मर्न समेत नडरेर ल्यायौँ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार