शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भलिबल
  • बडिमालिका ६ मा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

बडिमालिका ६ मा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

  • सोमवार, कार्तिक २२, २०७८
बडिमालिका ६ मा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

बाजुरा — जिल्लाको बडिमालिका नगरपालीका वडा.नं.६ कोर्धमा प्रथम वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । शुभ दीपावलीको अवसर पारि वडा नं.६ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको प्राङ्गणमा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको वडा न.ं ६ कि वडा अध्यक्ष कला बडुवालले बताएकी छन ।
सोमबार वाट सुरु भएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता खेलकुद वडा.नं ६ को आयोजनामा संचालन गरिएको वडा अध्यक्ष बडुवालले बताएकी छन । सो प्रतियोगितामा केटा तर्फ ७ केटीका ५ ओटा टिम गरि ११ वटा टिम दर्ता भई सोमबार प्रतियोगिताको उद्धघाटन गरिएको छ ।
दर्ता भएका टिमहरू बिच प्रतिस्पर्धा हुने खेलमा प्रथम पुरस्कार १५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र, दृतिय पुरस्कार १० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ७ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र व्यवस्था गरिएको आयोजकले बताएको छ ।
वडा अध्यक्ष कला बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका काग्रेस सभापती तथा उद्योग बाणिज्य संघका प्रदेश सचिव गोपाल कार्की रहेका थिए । नेकपा एमालेका परे बडुवाल बिषिष्ठ अतिथि रहेका थिए । कार्र्यक्रमको संचालन उमेश बडुवालले गरेका थिए भने कार्यक्रमको स्वागत बिबेक शाहले गरेको आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार