बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • कला /साहित्य
  • भारतमा मुल प्रवाह (कबिता)

भारतमा मुल प्रवाह (कबिता)

  • सोमवार, कार्तिक २२, २०७८
भारतमा मुल प्रवाह  (कबिता)

भोकाहरुको निम्ति,
गाँस हौ तिमी ।
नाङ्गाहरुको निम्ति ,
कपास हौ तिमी ।।

घरबार बिहिनहरुका निम्ति,
बाँस हौ तिमी ।
कमजोर छातीका निम्ति,
अदम्य साहष हौ तिमी ।।

बेचिएका नारीहरुको निम्ति,
उद्दार हौ तिमी ।
निसापानी गर्नेहरुको निम्ति,
सुधार हौ तिमी ।।

आस्था राख्नेहरुको निम्ति,
साइत हौ तिमी ।
प्रबासीएका नारीहरुको निम्ति,
माइत हौ तिमी ।।

पीडितको निम्ति,
न्यायलय हौ तिमी,
अनपढको निम्ति ,
बिस्वबिधालय हौ तिमी ।।

शोषकको लुटको स्वर्ग भत्काउने,
बलियो हतियार हौ तिमी ,
शोषितको सुन्दर भबिष्य निर्माणको ,
पुर्बाधार हौ तिमी ।।

भारतबासी नेपालीको,
अभिभाबक हौ तिमी ।
दुखी गरिबको निम्ति ,
कुशल सासक हौ तिमी ।।

आपत बिपतको,
रक्षक हौ तिमी ।
चोरडाकाहरुको बिरुद्धमा,
भक्ष्यक हौ तिमी ।।

अतिरिक्त नाफा खानेहरुको निम्ति ,
सर्बनास हौ तिमी ।
सामान्ती संकारको निम्ति ,
उपहास हौ तिमी ।।

समस्या समाधानको ,
अचुक योजना हौ तिमी,
शोषितको जीबनमा स्वर्ग ल्याउने,
अमुल्य खजना हौ तिमी ,

भ्रस्टाचारी बिरुद्धको,
नारा हौ तिमी ।
माफिया मास्ने,
अभिभारा हौ।।

नाताबादको निम्ति ,
बर्खिलाप हौ तिमी।
भेकियाबादको निम्ति ,
बिलाप हौ तिमी।।

जातियबादको,
बिरोध हौ तिमी ।
घुसखोरीका बिरुद्धमा,
निरोध हौ तिमी ।।

घर समाज र देश सञ्चालनको ,
सीप हौ तिमी।
अध्यारा बस्तिहरुको,
दिप हौ तिमी।।

अगणित उतारचढावका बिरुद्धको,
जीत हौ तिमी ।
शोषित पिडीतको पक्षपाती,
गित हौ तिमी ।।

नोभेम्बर सात 1979 मा,
बनारसमा जन्मेका तिमी।
तिमीलाई जन्मदिनको अगणित,
सुभकामनाको साथमा अझै झाङ्ग्याउने,
फुलाउने ,र फलाउने बाचा गर्दछौ हामी ।।
।समाप्त ।

चर्चामा

सम्बन्धित समाचार