बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बझाङको सदरमुकाम चैनपुरमा बजारमा अनुगमन नहुदाँ उपभोक्ता ठगीमा:एक कट्टा चामलको मूल्य ३ हजार

बझाङको सदरमुकाम चैनपुरमा बजारमा अनुगमन नहुदाँ उपभोक्ता ठगीमा:एक कट्टा चामलको मूल्य ३ हजार

  • आइतवार, कार्तिक २१, २०७८
बझाङको सदरमुकाम चैनपुरमा बजारमा अनुगमन नहुदाँ उपभोक्ता ठगीमा:एक कट्टा चामलको मूल्य ३ हजार

अर्थ जङ्ग शाही– चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन बझाङको सदरमुकाम चैन्पुरमा हुनसकेको छैन। बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन्। बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन्। तिहारमा सामान बढी खपत हुने हुँदा कमसल, म्याद नाघेका सामान पनि बढी बिक्री हुने गरेका छन्।

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ। लागत मूल्य नै महँगो भएर आएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ। जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैँमा अनुगमन गरे पनि तिहारमा भने गर्न नसकेको हो।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गर्ने गरिन्छ। यसअघि नियमितरूपमा बजार अनुगमन हुने भनिए पनि तिहारमा बजार अनुगमन हुन नसकेको हो। उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमितरूपमा बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बझाङका अध्यक्ष घर्म जङ्ग बहादुर सिँहले बडिमालिका खबरलाई बताए। बजार अनुगमन पनि प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार