शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जीन्दगानी जसरी तसरी बितैकै छ,

जीन्दगानी जसरी तसरी बितैकै छ,

  • बिहिबार, कार्तिक १८, २०७८
जीन्दगानी जसरी तसरी बितैकै छ,

जीन्दगानी जसरी तसरी बितैकै छ,
परदेशमा दुःख गरि-गरी बितेकै छ।

अब कति रह्यो होला शेष यो जीवन,
अहिले सम्म त गर्दै नोकरी बितेकै छ।

दश बर्षको बालख मजदुर बनिआएं,
पाँच दशक कसै सँग नडरी बितेकैछ।

अबको समय कसरी काटौँला केभनौ,
अहिले सम्म संघर्षमा झरी बितेकै छ।

गरिबलाई कठै भन्दैनन लड्नैपर्छ सधै,
आफुले नि गरेर सधै मनपरी बितेकै छ।

ठगि हेराफेरी र झुक्न जानिएन आफु,
जीवनमा संघर्ष गर्दै घरीघरी बितेकै छ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार