शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका स्वास्थ्य कार्यालयले औषधि ढुवानीको भुक्तानी पाएनन्

सुदूरपश्चिमका स्वास्थ्य कार्यालयले औषधि ढुवानीको भुक्तानी पाएनन्

  • बिहिबार, कार्तिक १८, २०७८
सुदूरपश्चिमका स्वास्थ्य कार्यालयले औषधि ढुवानीको भुक्तानी पाएनन्

धनगढी — सुदूरपश्चिमका स्वास्थ्य कार्यालयहरुले आर्थिक वर्षको ४ महिनासम्म पनि औषधि ढुवानीको भुक्तानी पाएको पाइएका छैनन्। कोरोना विरुद्धको खोप लगायत अन्य नियमित खोप तथा औषधि ढुवानी गर्न संघीय सरकारले दिने अनुदान प्रदेश सरकारले निकासा नगर्दा कर्मचारीहरुले खल्तीबाट रकम तिर्नु परेको बताएका छन्।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य कार्यालयहरुले अनुदान पाउने भएपनि प्रदेशका अर्थ मन्त्री र सचिव परिवर्तन हुँदा पठाउन समय लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संघीय सरकारबाट समयमै सशर्तको बजेट नपाउँदा खोप ढुवानीमा समस्या हुने गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। ‘चार महिनासम्म अनुदान नपाउँदा औषधि र खोप ढुवानीमा समस्या भएको थियो। कर्मचारीहरुले नै ढुवानीको पैसा तिर्नु परेको थियो’ उनले भने।

औषधि ढुवानी, तालिम तथा अन्य जनस्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गर्न संघीय सरकारबाट प्रदेश सरकारले सशर्त अनुदान पाउने गरेको छ। तर त्यो बजेट निकासामा यो वर्ष ढिलो गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले ढिलागरी बजेट निकासा भएको बताए। ‘प्रदेश सकारले ढिलागरी केही बजेट पठाएको छ। बाँकी कुरा त प्रदेशको सामाजिक विकास मन्त्रालयसँग बुझ्नुहोला’ उनले भने।

यस्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का पनि सरकारको अर्थमन्त्री र अर्थ सचिव परिवर्तन भएको कारण बजेट निकासमा समय लागेको बताउँछन्। ‘सशर्त अनुदान प्रदेश सरकारले चाहेर पनि अन्यत्र खर्च गर्न मिल्दैन। पहिलो चौमासिकको सबै रकम पठाउन निर्देशन गरेको छु’ उनले भने।

चर्चामा

सम्बन्धित समाचार