शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • तिहारको बेला हाम्रो भेट होला न होला त्यो छुट्टै कुराहो।

तिहारको बेला हाम्रो भेट होला न होला त्यो छुट्टै कुराहो।

  • मङ्लबार, कार्तिक १६, २०७८
तिहारको बेला हाम्रो भेट होला न होला त्यो छुट्टै कुराहो।

तिहारको बेला हाम्रो भेट होला न होला त्यो छुट्टै कुराहो।
मेरो मायाँले तिम्रो हृदय छोला न छोला त्यो छुट्टै कुराहो।

तर तिहार त आउँछ आफ्नो नियम अनुसार देश परदेश,
छुट्टि त मिल्ला नमिम्ला कसेकोछु झोला त्यो छुट्टै कुराहो।

कहिले देश कहिले परदेश जीवन गयो शंघर्ष र सफरमै,
बितायौँ सुखःदुःखमा आफ्नो यो चोला त्यो छुट्टै कुराहो।

अरूले सात शमुन्दर तरेर पनि त चित्त बुझाएकै हुन्छन,
म आउँदा जाँदा तर्नै पर्छ रापति खोला त्यो छुट्टै कुराहो।

आफ्नो आँखामा त साहुँन र भदौ सम्हालेकै हुन्छु मैले,
आँशुले दुःख र दर्दलाई धोला न धोला त्यो छुट्टै कुराहो।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार