सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • राजनीति
  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

  • मङ्लबार, कार्तिक १६, २०७८
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

विराटनगर — प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।

हेर्नुहोस् नियुक्तिपत्र

चर्चामा

सम्बन्धित समाचार