बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको मार्तडी कोल्टी सडक सुचारु

बाजुराको मार्तडी कोल्टी सडक सुचारु

  • मङ्लबार, कार्तिक १६, २०७८
बाजुराको मार्तडी कोल्टी सडक सुचारु

बाजुरा — जिल्लाको मार्तडी कोल्टी सडक खण्ड ५ महिना पछि संचालनमा आएको छ । बर्षायामको समयमा असार पहिलो हप्ताबाट अबरोध भएको मार्तडी कोल्टी सडक सोमबारबाट संचालमा आएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट लगातार ठेकेदारहरुलाई ताकेदा दिए पछि तिहारको मुखैमा आएर सडक संचालन गर्न सकिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिएका छन ।
तिहारको समयमा यात्रुहरुलाई आवत जावतमा समस्या नहोस र तिहारको बेला बिषेश गरि कोल्टी क्षेत्रका नागरिकले सहज रुपमा दैनिक उपभोग्य साम्रगी हरु उपलब्ध होस भन्ने उदेस्यका साथ संचालनमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएका छन ।
असार पहिलो साताबाट अबरोध भएको सडक केही दिन अगाडीको मौशमी पानी पुर्न भन्दा पहिला मार्तडी नजिकैको बाउली खोलाबाट सुचारु भएको भए पनि सो समयमा कच्ची सडक भएकोले ठाउँ ठाउँमा भत्तकीए संगै पु्न सोमबारबाट सुरुचारु भएको बताएका छन ।
त्यसै गरी बाजुराको मुख्य सडकको रुपमा रहेको साफेँ मार्तडी सडकको अम्कोटको पहिरोलाई पन्छाएर साना यातायातका साधानहरु संचालनमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएका छन । अम्कोटको पहिरोमा थप काम भईरहेकोले अबको केही दिन ठुला सावारी सधान समेत संचालनमा ल्याउन पुन निर्माणको काम भईरहेको उनले बताए ।
त्यसै गरी कणर्ाली करिडोर अन्तरगत कालीकोटको सिमाना देखी बाजुराको कवाडी सम्मको सडकको पुन निर्माणको कार्य पनि भइरहेको सहायक प्रमुख जिल्ला अधिकारीले बताएका छन । सो सडकको जिम्मा पाएको नेपाली सेनाले केही महिना अगाडी छोडेको भए पनि पुन नेपाली सेनाले नै बनाईरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार