बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यी महिलाको अनौठो लत : हरेक हप्ता ३ वर्गफिट भित्ता कोपर्ने !

यी महिलाको अनौठो लत : हरेक हप्ता ३ वर्गफिट भित्ता कोपर्ने !

  • मङ्लबार, कार्तिक १६, २०७८
यी महिलाको अनौठो लत : हरेक हप्ता ३ वर्गफिट भित्ता कोपर्ने !

 संसारमा केही मानिसहरु यस्ता छन् जो आफ्नो अनौठो हर्कतका कारण चर्चामा हुन्छन् । अमेरिकाको मिसिगनमा बस्ने निकोल नामकी महिला भित्तो कोपरेर खाने आफ्नो अनौठो बानीका कारण चर्चित छिन् ।

ती महिलालाई खरी ढुंगा खाने बानी छ । आफ्नो तलतली मेटाउनका लागि उनले घरकै भित्ता फोडेर खान सुरु गरिन् ।

एक टेलिभिजन कार्यक्रमका उनले आफ्नो त्यो अनौठो लतको बारेमा खुलासा गरेकी छिन् । आफुलाई घरका सुख्खा भित्ताको बासना निकै मन पर्ने उनी बताउँछिन् । निकोलका अनुसार उनले एक हप्तामा तिन वर्गफिट भित्तो खाएर सिध्याउँछिन् ।

निकोल एक बच्चाकी आमा हुन् । पाँच वर्षअघि उनलाई भित्ता खाने आदत निकै लागेको थियो । आमाको मृत्युपछि उनी डिप्रेशनमा गएकी थिइन् । त्यसबेला देखि नै उनलाई भित्ता कोपरेर खाने लत लागेको हो ।

आफ्नो भित्ता खाने बानीका कारण लज्जित हुनुपरेको उनी सुनाउँछिन् । विभिन्न भित्ताको स्वाद फरक फरक हुने भन्दै उनले टेलिभिजन कार्यक्रममा कस्तो भित्ताको स्वाद सबैभन्दा मनपर्दछ भन्ने पनि खुलासा गरेकी छिन् ।

डाक्टरहरुले भने महिलाको भित्ता खाने लतले उनको स्वास्थ्यमा असर पार्ने चेतावनी दिएका छन् । भित्तामा लगाइएका रङहरुमा विभिन्न घातक रसायन समेत हुने हुनाले त्यसरी भित्तो खाँदा क्यान्सर लगायतका घातक रोगको जोखिम हुने डाक्टरहरुको भनाई छ । तर आफुले लाख कोसिसका बाबजुत पनि भित्ता खाने लत छुटाउन नसकेको निकोल बताउँछिन् ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार