बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

  • मङ्लबार, कार्तिक १६, २०७८
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेको बताएको छ। प्रदेशभित्र आगामी दिनमा गर्ने कार्यक्रमको विषयमा जानकारी गराउन सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीकी प्रदेश इन्चार्ज गरिमा शाहले यस्ताे बताएकी हुन्।
‘अहिले प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व हाम्रै पार्टीले गनुपर्छ। यसबारे अध्यक्ष माधव कुमार नेपालसँग कुरा भएको छ। हामीले लिखित माग पनि गरेका छौ’ उनले भनिन्। गठबन्धन सरकारलाई एकीकृत समाजवादीको साथ रहेपनि बहुमतको आधारमा प्रदेशको नेतृत्व परिवर्तन हुनुपर्ने माग पार्टीले अघि सारेको उनले बताइन्।

सोही अवसरमा समाजवादीले कात्तिक २० गते जिल्लाभित्र कमिटी गठन, पुनःगठन एवम् विस्तार, पार्टीको संगठित सदस्यता प्राप्त गरेको पुरानै मितिलाई कायम गरेर मंसिर २० गतेसम्म सदस्य नवीकरण गरिसक्नुपर्ने, पुष मसान्तसम्म एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाएर अभियानकै रुपमा सञ्चालन गर्ने, मंसिर ३ गते प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना धनगढीमा गरिने लगायतका कार्यक्रम समेत सार्वजनिक गरेको छ।

त्यस्तै समाजवादीले प्रदेश कमिटीका पदाधिकारीहरुको कार्य विभाजन समेत गरेको छ। संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्थापन विभागप्रमुखमा दीर्घ सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ तथा महिला फाँट प्रमुखमा माया भट्टलाई चयन गरिएको समाजवादीका सचिव दिनेशचन्द्र सुवेदीले बताए।

चर्चामा

सम्बन्धित समाचार