सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • समाचार
  • कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

  • आइतवार, कार्तिक १४, २०७८
कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली — कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार