शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • स्क्रब टाइफसबाट कसरी बच्ने ?

स्क्रब टाइफसबाट कसरी बच्ने ?

  • बुधबार, कार्तिक १०, २०७८
स्क्रब टाइफसबाट कसरी बच्ने ?

काठमाडौं — स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुबाट सर्ने एक किसिमको सरुवा रोग हो। यो एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । समयमा उपचार नगरे यसले गम्भीररुप लिनसक्छ । मस्तिष्क, कलेजो, फोक्सो आदिका संक्रमण र कहिलेकाँही बहुअंग विकार (मल्टी अर्गन डिस्फङसन) को अवस्था पनि सिर्जना हुनसक्छ ।

मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसमा टोकेमा यो रोग सर्छ ।

लक्षणहरु
उच्च ज्वरो आउनु

आँखा रातो हुनु

धेरै टाउको दुख्नु

टोकेको ठाउँमा कहिलेकाही कालो दाग देखिनु

जोर्नी र मांसपेशी दुख्नु

बिमिरा देखिनु

खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु

सास फेर्न समस्या हुनु

बच्ने उपायहरु
किर्नाको टोकाइबाट बच्न खेत, काडी वा वनजंगल जाँदा लामो बाहला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा किटनासक मलमको प्रयोग गर्ने । घर वरिपरिका खेतबारीमा घाँसहरु धेरै बढ्न नदिने र वातावरण सफा राख्नुपर्छ । मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्छ ।

यस रोगका लक्षणहरु कोभिड–१९ सँग पनि मिल्दोजुल्दो हुन्छ। कोभिड-१९ परीक्षण गर्दा नेगेटिभ आएपनि स्क्रब टाइफसको जाँच गर्नुपर्छ । समयमै रोगको पहिचान गरी औषधि खानाले यो रोग निको हुन्छ । कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ ।

चर्चामा

सम्बन्धित समाचार