• होमपेज
  • कला /साहित्य
  • यो देशलाई नेपाल नै बनिरहन देउ!

यो देशलाई नेपाल नै बनिरहन देउ!

  • बुधबार, कार्तिक १०, २०७८
यो देशलाई नेपाल नै बनिरहन देउ!

सुरेशकुमार पान्डे — कसैले सुईटजरलैण्ड कसैले जापान र कसैले न्युयार्क बनाउँछु भन्छन।बिढम्बना किन कसैले यो हिमाल पहाड मधेशलाई अखण्ड नेपाल भनाउँछु भन्दैनन? संसार भरिमा शुन्दर हाम्रो देश नेपाल हो।दुनियाँका बहादुर हामिहरु नेपालि हौँ।नेपाली हुनमा हामिलाई गर्वछ।तर नेताहरुले आफुलाई बिदेशको दलाल बनाउँनमा आफुलाई कटपुत्लि बनाउँन कत्ति कसर छाडेका छैनन्।त्यसैले होला देशलाई न्युयार्क,जापान र सुटजरलैण्ड बनाउँछु भन्दै छिमेकि सँग असमान सन्धि र सम्झौता गरेर फिजि बनाउँन थालेकाछन।
हाम्रो देशको कुनै देश सँग तुलना किन गर्ने?नेताहरुको नियत बिकास गर्नेछैन त्यसैले चुनावमा जनताहरुलाई बर्गलाउँन कहिले जापान बनाउँछुँ भन्छन अनि भोट मिलेर सरकारमा गयपछि अफगान बनाउँन खोज्छन।भारतको प्रान्त बनाउँन खोज्छन।
कृपया नेता ज्यु हाम्रो देश नेपाल लाई नेपाल नै रहन देउ तिमिहरु कोई जापान गयर बस,कोई सुटजरलैण्ड त कोहि न्युयोर्क गएर बसे त भै हाल्छनी किन देशलाई डोराउँनु पय्रो।
हिमालको काखमा बगेका ति छ्यांग छ्यांग गर्ने खोलाहरु हरियालिछ हामि जता गयपनि।रारा फैवताल जस्ता यो शुन्दर दृश्य भयको कसैको देश देखिदैन।हामिलाई थाहाछैन हाम्रो देश जस्तो शुन्दर कतै देशछ भने त्यो अपवादनै होला।अन्यथा हाम्रो देश विस्वमा सबै भन्दा श्रेष्ठ हो।
यँहा बिकासका श्रोतको कमिछैन मात्र नेताको नियतिमा परिवर्तन भयो र उनिहरु देशभक्त भए भने यो देश स्वर्ग तुल्य हुनेछ।बिदेशका दलालहरुको हर्श दयानिय हुन्छ भन्नेकुरा काजि लेण्डुप दोर्जेको जीवनी पढे हुन्छ।अन्तिममा उनको श्रमिति समेतले छाडेर गयको ईतिहाशछ।आफु सिक्किममा बस्न नसकेर देरादुनमा सरणलिएर बसेको ईतिहाश बाट आफुले सिक्षा लिनु पर्छ।
चुनावको बेलामा देशलाई न्युयार्क बनाउँनेले संघियतालाई खारेज गरेर देशलाई अखण्ड नेपाल बनाएर देखाउ।त्यसरी कम्तिमा आर्थिक बोज कम हुन्छ र त्यो पैसाले देशमा स-साना उद्दोग खोलेर बिदेशमा काम खोज्दै भौँतारिएका होनहार युवाशक्तिलाई आफ्नो देशभित्र रोजगार देउ त्यसपछि देश स्वर्ग तुल्य बन्छ।यदि त्यो गर्न सक्दैनौ भने जनतामा भ्रम सिर्जना नगरौँ।देश अतिक्रमणले घायलछ बरु अतिक्रमण मुक्त गर।
देशलाई कृसि क्रान्तिको आबस्याकताछ।त्यो पनि नौलो जनवादी क्रान्ति द्वौरा।सर्वहारा बर्गको नेतृत्वमा मेहनत कस बर्गको अधिनायकत्वमा आधारीत ब्यबस्थाले मात्र देशमा पुँजिको बिकास हुनसक्छ,उत्पादन गरेर देश आत्मनिर्भर हुन सक्नेछ।अन्यथा चुनावी दलदल बाट केहि पनि जनतालाई हाशिल हुन सक्नेछैन।एउटा क्रान्तिकारी पार्टीले चुनावाई क्रान्तिको आधार तैयार पार्न उपयोग गर्ने गर्छ।अहिलेको यो पुँजी प्रधान समाजमा जनताको समस्या हल हुन सक्दैन।मात्र देशको रक्षा गर्न र जनतालाई आन्दोलित गर्न क्रान्तिकिरीहरु चुनावमा जाने गर्छन।
आज हाम्रो देशमा बिदेशिहरुको चलखेल धेरै बढेर गयकोछ।देशको सबै थोकमा अतिक्रमण बढ्दै गयकोछ।भूमि,भाषा,सांस्कृति रहन सहन खान पान समेतमा अहिले बिदेशी पकावन पाकेका हुन्छन।देशलाई सके सिक्किम नसके फिजि बनाउँने लगातार प्रयात्न हुँदै आएकोछ।अंग्रेज साम्राज्यवादले नया नयाँ जाल बिच्छाएर देशलाई रणभूमिमा परिणित गर्न थालेकोछ।एमसीसी अहिलेको जिउँदो उधारण छ जस्को सङ्कट टलिसकेकोछै।यो बेला सबै देशबासिहरुको एकता हुनुको विक्लप छैन।तर बेतुका बयान बाजिले आपसमा फुट भयर आफुकम्जोर हुने सम्भावना देखेर पनि एकले आर्कालाई हिलो छ्यापन छाड्दैनन्।मात्र आफ्नो नीजि स्वार्थका लागि।देशलाई खतरामा डोराउँछन,अनि जनता सँग बेतुका वादा गर्छन जसले देश र जनतालाई गम्भिर मोडमा पुराउँने गर्छ।
हामिले देख्दै र भोग्दै पनि आएकाछौँ जो जस्ले जनतामा वादा गरेर संसदमा गए उनिहरु फेरी आर्को चुनाउँ भन्दा पहिले फर्केर गाउँमा गएनन।जनतालाई आपसमा लडाए कसैले जाताको नाउँमा कसैले क्षेत्रको नाउँमा तर अहिले पनि पिनको लागि सफा पानी समेत भेटिदैन गाउँमा।सात प्रदेश भनाएकाछन देशमा आठौटा सरकार अनि नौवटा संसद चलेकाछन।आयश्रोतको नाउमा बिदेश बाट भित्रिने रेमिटेन्सि र जनतामा लगाएको कर हो।देशमा महंगिले आकास छोएकोछ।एउटा सियो समेत बिदेशबाट आयात गरिन्छ।तर नेताहरुले लाजै नमानि देशलाई सिगापुर जापान सुईटजरलैण्ड आदी बनाउँछु भनेर जनतामा जान्छन।
बिदेश स्थित नेपालीहरु को अबस्था बुझ एक पटक कत्ति तुच्छ काम गर्न बाध्यछन।नेपालीहरुलाई कस्ता काम अनि कति दाम उनिहरुले गरेको कामको बदलामा मिल्छ?त्यसबारे जानकारि हाशिल गर्नुस अनि बल्ल तपाई लाई आफ्नो हैशियत थाहाहुन्छ।यसरि कुनैपनि नेताले देशलाई अरू देश बनाउँछु भनेर बिना हाडको जिब्रो थोत्रो मुख बजाउँनु भन्दा देशभित्र बिकास गरेर देखाओ अनि हाम्रो स्वर्ग तुल्य देशलाई नेपालनै रहन देउ कृपया गरेर।हामिलाई हाम्रै देश नेपाल चाहिन्छ।

चर्चामा

सम्बन्धित समाचार