शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चिसो मौसममा शरीरलाई तातो बनाउने यी ५ खानेकुरा

चिसो मौसममा शरीरलाई तातो बनाउने यी ५ खानेकुरा

  • बुधबार, कार्तिक १०, २०७८
चिसो मौसममा शरीरलाई तातो बनाउने यी ५ खानेकुरा

चिसो मौसम सुरु हुने बित्तिकै मानिसहरुको जीवनशैली पूर्ण रुपमा परिवर्तन हुने गर्छ । कठ्याङ्ग्रिँदो चिसोबाट शरीरलाई बचाउनका लागि मानिसहरु ऊनीको कपडाको सहारा लिन्छन् । तरपनि चिसोबाट जतिसुकै बच्छु भन्दा पनि छोइहाल्छ । यस्तोमा चिसो मौसममा पाइने केही विशेष खानेकुराले कठ्याङ्ग्रिँदो चिसोबाट हामीलाई जोगाउने गर्छ । यस्ता खानेकुराले तपाईंको शरीरलाई तातो त राख्छ नै यसले स्वास्थ्यका लागि पनि सकारात्मक प्रभाव पार्ने गर्छ । यी सुपरफूड खाँदा चिसो मौसममा बिरामी पर्ने सम्भावना निकै कम रहन्छ ।

शख्खरखण्डः

शख्खरखण्ड चिसो मौसममा पाइने कुनै उपहारभन्दा कम छैन । यसमा पाइने क्यालोरी र उच्च पौष्टिक तत्वले शरीरलाई असाध्यै ऊर्जावान् राख्छ । शख्खरखण्ड फाइबर, भिटामिन ए र पोटासियमको राम्रो स्रोत मानिन्छ । यसको नियमित सेवनले कब्जियत, प्रतिरोधी र इन्फ्लेमेशनसँग सम्बन्धित समस्यालाई टाढा राख्छ ।

शलगम र त्यसका पातः

स्टार्चले भरपुर शलगममा एउटा यस्तो एन्टिअक्सिडेन्ट पाइन्छ जसले क्यान्सर जस्तो रोगको जोखिम कम गर्छ । यो भिटामिन के र भिटामिन एको निकै राम्रो स्रोत हो । विज्ञका अनुसार शलगमको पात हाम्रो कार्डियोभास्कुलर स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसले हड्डीलाई बलियो बनाउँछ र पाचन प्रक्रियालाई पनि दुरुस्त राख्छ ।

खजुरः

चिसो मौसममा पाइने खजुर एउटा लो फ्याट फूड हो जसले तौल बढ्ने समस्या पैदा हुन दिँदैन । पौष्टिक तत्वको पावर हाउस खजुर जिम धाउनेहरुका लागि उत्कृष्ट खानेकुरा हो । यसलाई आफ्नो दैनिक खान्कीमा समावेश गर्दा यसले चिसो मौसममा शरीरलाई तातो बनाउँछ ।

बदाम–ओखरः

बदाम र ओखरको सेवनले हाम्रो खाना स्नायू प्रणाली सक्रिय रहन्छ । यसले इन्सुलिन प्रक्रियालाई उत्कृष्ट बनाउने काम गर्छ र मुटुको स्वास्थ्यमा पनि सुधार ल्याउँछ । ओखरमा भएको ओमेगा–थ्री फ्याटी एसिड हाम्रो शरीरका लागि असाध्यै फाइदाजनक छ । यसका लागि तपाईं खुर्पानीको पनि सेवन गर्न सक्नुहुन्छ ।

कोदोः

चिसो मौसममा कोदोले पनि हाम्रो स्वास्थ्यलाई ठूलो फाइदा पुर्याउँछ । यदि तपाईं भिगन डाइटमा हुनुहुन्छ भने शरीरको क्याल्सियम पूर्तिका लागि रागी छनोट गर्न सक्नुहुन्छ । यसबाहेक कोदोले मधुमेहलाई नियन्त्रण गर्नुका साथै रक्तअल्पत्तामा पनि राहत प्रदान गर्छ । यसले निद्रा नलाग्ने, तनाव र डिप्रेसनमा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

चर्चामा

सम्बन्धित समाचार