शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भारतिय राजदुताबासको योजना अझै बनेन

भारतिय राजदुताबासको योजना अझै बनेन

  • शनिबार, फाल्गुन ११, २०७५
भारतिय राजदुताबासको योजना अझै बनेन

बिद्यार्थीलाई बस्ने ठाउँ छैन

बडीमालिका सम्बांदाता
बुढिनन्दा नगरपालिका वडा न २ मा रहेको भारतिय राजदुताबासको सहयोगमा निर्माणाधिान जनप्रकाश उमाबिको भवन अलपत्र परेको छ । भारतिय दुताबासको सहयोगमा निर्माण भइरहेको जनप्रकाश उमाबिको भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो । सम्झौता मितिले ०७४ को भदौमा काम गरीसक्नु पर्ने भए पनी हाल सम्म कुनै पनी काम नगरी अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले बताएको छ । भारतिय दुताबास संग सम्झौता भएको ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुैपया रकम रहेको र काम २० प्रतिशत सम्म पनी हुन नसकेको समन्वय समिति बाजुराले बताएको छ । भारतिय दुताबासको सहयोगमा २ छात्राबास भवन र १ बिद्यालय भवनका लागी सहयोग गरेको कार्यालयको श्रोतले उल्लेख गरेको छ । निर्माण कार्यमा स्थानिय ठेक्काको जिम्मा लिएका गणेश गिरी रहेका र उनको निर्माण सेवा कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाई भएको बताईएको छ । बुढिनन्दा नगरपालिकाका स्थानिय गणेश गिरीलाइ कामको जिम्मा दिएको नगरपालिका मेयर पदम गिरीले बताए । मेयर गिरीका अनुसार गाल्वा निर्माण सेवाले डेढ बर्ष म्याद गईसक्दा पनी कुनै ध्यान नदिएको र यसको प्रक्रिया आफुलाइ थाहा नभएको बताएका छन । प्राबिधीक डिजाइन स्टेटमेन्ट फेल भएको र फलामको ट्रस राख्नुपर्ने ठाउमा सालको ट्रस राखीएकोले स्टेटमेन्टका कारण रोकिएको मेयर गिरीले बताए । गाल्वा निर्माण सेवा हालसम्म सम्र्पकमा नरहेको बताए मेयर गिरीले बताएका छन । सम्झौता थप गर्न अझै एक बर्ष लाग्न सक्ने गिरीले बताए । ठेकेदारको लापरवाही रहेकोले काममा ढिलाई भएको जनप्रकाश माध्यामिक बिद्यालयका प्राधानाध्यापक अनोजराज गिरीले बताएका छन । १५ महिनामा काम गरिसक्ने सम्झौता भए पनी ठेकेदारले काम नगरेको प्रधानाध्यापक गिरीको आरोप छ । म्याद थपका लागी निर्माण सेवा कम्पनीलाइ बिद्यालय ब्यबस्थापन समितिले पटक पटक पत्रचार गरीएको भए पनी अहिले सम्म कुनी प्रतिक्रृया नआएको प्राधानाध्यापक गिरीले बताएका छन । १५ महिना सम्म २० प्रतिशत पनी काम नभएको जिल्ला प्राबिधिक कार्यलयको रिपोटमा उल्लेख गरिएको छ । भवन निर्माणको सम्झौताको म्याद ०७४ को भदौमा नै गइसकेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार