मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरामा बिद्यार्थीलाई पढाउन छोडेर शिक्षक काँग्रेस अधिबेशनमा

बाजुरामा बिद्यार्थीलाई पढाउन छोडेर शिक्षक काँग्रेस अधिबेशनमा

पच्चिस जना भन्दा बढि शिक्षक क्षेत्रीय प्रतिनिधी

  • बुधबार, अशोज १३, २०७८
बाजुरामा बिद्यार्थीलाई पढाउन छोडेर शिक्षक काँग्रेस अधिबेशनमा

बाजुरा — सामुदायिक विद्यालयका शिक्षकहरुलाई सधैं लाग्दै आएको आरोप हो, उनीहरु कक्षाकोठा सुधारमा भन्दा राजनीतिक दलका गतिविधिमा बढ्ता केन्द्रित हुन्छन् । नेपाली काँग्रेसको भर्खरै सम्पन्न वडा गाउँ, नगर, प्रदेश हुदै जिल्ला अधिवेशनमा धेरै शिक्षकले यो आरोपलाई सत्य सावित गरेका छन ।
बाजुरामा मात्रै २५ जना भन्दा बढि शिक्षकहरु क्षेत्रीय प्रतिनीधीको रुपमा जिल्ला केन्द्रकृत भएका छन । बाजुरा जिल्लामा मात्रै दर्जनौं शिक्षकले जिल्ला प्रतिनिधीको रुपमा आएको र जितेको भन्दै आफै सामाजिक सञ्जाल रंग्याएका छन । अन्य जिल्लाहरुमा पनि धेरै शिक्षकहरु कांग्रेसको चुनावमा उम्मेद्वार मात्रै बनेनन्, चुनावै जितेका छन् । तर बाजुरामा शिक्षकहरु प्रदेश प्रतिनिधी बनेर प्रदेश हुदै जिल्ला अधिबेशनका लागि जिल्लामा पुगेका छन ।
मस्टेश्वरी माबिका शिक्षक खडकराज जोशी, नाटेश्वरी माबिका शिक्षक प्रेमराज पाध्याय, रत्न माबिका प्रअ रतन ऐडी, थुमा माबिका प्रअ पुणर् बहादुर खाती, जनप्रकाश माबिका प्रअ अनोजराज गिरी, स्वरोस्वती आधारभुत बिद्यालयका प्रअ हस्त बहादुर धामी लगायत जिल्लाका २५ जना भन्दा बढि शिक्षकहरु जिल्लामा मतदान गर्ने गरी प्रतिनिधी छनौट भएर आएका देखीन्छन ।
प्रतिनिधी भएर आएका शिक्षकहरु अहिले कुन गुटलाई जिताउने भन्ने कसरतमा लागेका देखीन्छन । काँग्रेसको वडा अधिबेशन देखी नै शिक्षकहरु काग्रेसको अधिबेशनमा सक्रिय भएपछि बिद्यार्थीहरुको पढाईमा बाधा भएको छ । एक अभिभावकले भने काग्रेसको वडा अधिबेशन ६ गते सुरु भएदेखी नै अहिले सम्म बिद्यालय नगएको बताएका छन । जसले गर्दा बिद्यार्थीको पढाईमा बाधा भएको छ ।
शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ)ले शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ । शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख छ । विध्यालयको शैक्षिक गतिविधिमा असर पुर्‍याउने गरी शिक्षकहरु राजनीतिमा सक्रिय भएको भन्दै सामाजिक अगुवाहरुले बिरोध गरिरहेका छन ।
कुनै पनि सरकारी कर्मचारीहरुले राजनितिक रुपमा रङ देखाउनु सबै भन्दा गलत भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । यसरी शिक्षकहरु कर्मचारीहरूले  खुलेरै राजनितिमा लाग्नु भनेकै आफ्नो पद र ओहदाको दुरुपयोग गर्न नमिल्ने प्रजिअ अधिकारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार