बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • पहिलो बाजुरा उदाउँदो कप किक्रेट प्रतियोतिाको आयोजना हुदै

पहिलो बाजुरा उदाउँदो कप किक्रेट प्रतियोतिाको आयोजना हुदै

  • आइतवार, कार्तिक ७, २०७८
पहिलो बाजुरा उदाउँदो कप किक्रेट प्रतियोतिाको आयोजना हुदै

बाजुरा — बाजुरा जिल्लामा पहिलो पटक उदाउँदो किक्रेट प्रतियोतिाको आयोजना हुने भएको छ । जिल्लामै पहिलो पटक बाजुरा किक्रेट सघंको आयोजनामा कार्तिक ९ गते देखी ९ ए साइड किक्रेट आयोजना हुन लागेको हो ।
कार्तिक ९ गते बाट जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका माबिको खेल मैदानमा सुरु हुने प्रतियोगिताको तयारि लाई तिब्र पारिएको प्रतियोगिता आयोजक बाजुरा किक्रेट संघका अध्यक्ष शेर बहादुर थापाले बताएका छन ।
प्रतियोगितामा जिल्ला भित्रका सहभागी खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । बाजुरा पहिलो उदाउदो कपको पहिलो संस्करण प्रतियोगितामा पहिलो विजेताले ५१ हजार १ सय ११ पुरस्कार पाउँदा उप -विजेताले २१ हजार १ सय ११ नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता लाइ सफलता पुर्वक सम्पन्न गर्न आयोजकले यश अघि नै विभिन्न उप समिति हरु समेत निर्माण गरि सकेको बानियाले बताए । सो प्रतियोगितामा सहभागी हुने टिमले ७ हजार टिम दर्ता शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार