शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • १४ वर्षपछि बढ्ने भयो भारतमा सलाईको मूल्य

१४ वर्षपछि बढ्ने भयो भारतमा सलाईको मूल्य

  • आइतवार, कार्तिक ७, २०७८
१४ वर्षपछि बढ्ने भयो भारतमा सलाईको मूल्य

भारतमा १४ वर्षपछि सलाईको मूल्य बढ्ने भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार अल इन्डिया चेम्बर अफ म्याचेजले आगामी डिसेम्बर १ देखि सलाईको मूल्य दोब्बर बढाउने निर्णय गरेको छ।

अहिले भारतमा एउटा सलाईको मूल्य १ भारू पर्छ भने डिसेम्बरदेखि २ भारू पुग्नेछ। यसअघि भारतमा सन् २००७ मा सलाईको मूल्य बढाइएको थियो, त्यतिबेला ५० पैसाबाट एक रुपैयाँ पुर्‍याइएको थियो।

उत्पादकहरूले सलाई बनाउन १४ वटा कच्चा पदार्थ आवश्यक पर्ने र ती सबैको मूल्य वृद्धि भएकाले सलाईको मूल्य पनि बढाउनु परेको बताएका छन्। भारतको तमिलनाडुमा सलाई उद्योगमा ४ लाख मानिसहरूले काम गर्छन्, तीमध्ये ९० प्रतिशत महिला छन्।

भारतमा पछिल्लो समय पेट्रोल-डिजेललगायत इन्धनको मूल्य बढिरहेका बेला आगो बाल्न चाहिने सलाईको मूल्य पनि बढ्ने भएपछि यसले सञ्चारमाध्यममा चर्चा पाएको छ।

चर्चामा

सम्बन्धित समाचार