शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • भक्तपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

  • आइतवार, कार्तिक ७, २०७८
भक्तपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

भक्तपुरको भक्तपुर नगरपालिका–१ मा मिनीट्रक र मोटरसाईकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेर चाँगुनाराणयस्थित छालिङ बस्ने २० वर्षीय सुरज तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले  बताए ।

शुक्रबार भक्तपुर नगरपालिका–१ स्थित यति कार्पेट नजिक प्रदेश–३–०२–०१७ प ७९४२ नम्बरको मोटरसाइकल प्रदेश–३–०१–००३ क ५०६५ नम्बरको मिनिट्रकसँग ठोक्किएको थियो । मोटरसाईकल पछाडि सवार सुरजले उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ज्यान गुमाए ।

मिनीट्रक चालक कमलविनायक बस्दै आएका लक्ष्मीप्रसाद दुवाललाई प्रहरीले पक्राउ गरेको छ । असावधानीपूर्वक सवारी चलाउँदा दुर्घटना भएको अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार