मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हिंजो आजको समाजमा न जान्ने कोहि भेटिदैन

हिंजो आजको समाजमा न जान्ने कोहि भेटिदैन

  • शनिबार, कार्तिक ६, २०७८
हिंजो आजको समाजमा न जान्ने कोहि भेटिदैन

हिंजो आजको समाजमा न जान्ने कोहि भेटिदैन,
राम्रो अराएको लाई पनि त मान्ने कोहि भेटिदैन।

अनुसाशन चाहिंदैन जे जे लेखे पनि भयो आज,
याहाँ त आफुलाई अशिक्षित ठान्ने कोहि भेटिदैन।

सिक्नु नै पर्दैन हजूर सिकाउँन थाल्छन अरुलाई
आफु मैलो भए पनि सफा न छान्ने कोही भेटिदैन।

टेक्ने ठाउँ र आर्काको देशमा काम खोज्दै डुल्छौँ,
पसिना न झारी परदेशमा जिवन धान्ने कोहि छैन।

आर्काको देशमा कति अपहेलित भेट्टिन्छन साथि,
बिना कसुर श्रमजीवीहरु लाई न बान्ने कोहि छैन।

एकता बिना त हामि बिना पानीकै माछा जस्तैहौँ,
राम्रो बाटो देखान्न गलत दिसा न तान्ने कोहि छैन।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार