मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा १६ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाकाे औषधी खुवाइँदै

बाजुरामा १६ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाकाे औषधी खुवाइँदै

  • शनिबार, कार्तिक ६, २०७८
बाजुरामा १६ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाकाे औषधी खुवाइँदै

बाजुरा —  बाजुरामा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका १६ हजार  बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेकाे स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन । जिल्लाका सबै स्थानिय तहमा क्याप्सुलहरू पुगिसकेकाे र पुर्ण तयारीमा रहेकाे कार्यालय प्रमुख पन्तले बताएका छन ।

यस्तै  बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । छ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एक देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । जसका लागि  जिल्लाभरका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताएका छन ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हाे।

चर्चामा

सम्बन्धित समाचार