शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • देश भित्र नियम कानुन बनाएर मात्रै के गर्छौ,

देश भित्र नियम कानुन बनाएर मात्रै के गर्छौ,

  • बिहिबार, कार्तिक ४, २०७८
देश भित्र नियम कानुन बनाएर मात्रै के गर्छौ,

देश भित्र नियम कानुन बनाएर मात्रै के गर्छौ,
सम्बिधान मा समानता जनाएर मात्रै के गर्छौ।

दलितले मन्दिरमै पस्दा गुमाए आफ्नो ज्यान,
अमूल्य भोट दिई मन्त्री छनाएर मात्रै के गर्छौ।

जातिय लैङ्गिय गरिब माथि शोशण उस्तै भयो,
जन आन्दोलनमा रगत खनाएर मात्रै के गर्छौ।

न्याय निसाब भन्नु कोहिराको काग भयो यहाँ,
स्वतन्त्रता दिवसलाई नि मनाएर मात्रै के गर्छौ।

उठ जुट दलित महिला बर्गिय शंघर्षकै लागि,
जिउँन धनिका पैताला कनाएर मात्रै के गर्छौ।

शोशकहरुले सधै भ्रमजालमा पारे तिमि लाई,
अंझै पनि मदिरामै तिमि गनाएर मात्रै के गर्छौ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार