मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीकाे बाजुरा जिल्ला इञ्चार्जमा हिक्मत शाहीलाइ जिम्मेवारी

एकीकृत समाजवादीकाे बाजुरा जिल्ला इञ्चार्जमा हिक्मत शाहीलाइ जिम्मेवारी

  • शनिबार, अशोज ३०, २०७८
एकीकृत समाजवादीकाे बाजुरा जिल्ला इञ्चार्जमा हिक्मत शाहीलाइ जिम्मेवारी

बाजुरा —नेकपा (एकीकृत समजवादी)को बाजुराकाे हिक्मत शाहीले  जिल्ला इन्चार्जकाे जिम्मेवारी पाएका छन । सुदुर पश्चिमकाे जिम्मेवारी वाडफाडकाे क्रममा बाजुरामा हिक्मज जंङ्ग शाहीलाइ जिम्मेवारी दिएकाे जनाएकाे  छ ।

यस्तै कैलालीमा दीर्घ सोडारी (प्रदेश कमिटी उपसचिव समेत), डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्ष समेत), बझाङमा दिलबहादुर सिंह र अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्ष समेत) जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको जनाएकाे छ ।

त्यसै गरी नेकपा (एकीकृत समजवादी)को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाएका छन्। डडेल्धुराका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताएकी छन। उनका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको शाहले बताएकी छन। दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ।

चर्चामा

सम्बन्धित समाचार