शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • अन्तरजातीय बिवाहा गरेको ६ महिनामा बिना बिकको रहस्यमय मृ’त्यु माइती भन्छन् जातकै कारण छोरीको ज्यान गयो

अन्तरजातीय बिवाहा गरेको ६ महिनामा बिना बिकको रहस्यमय मृ’त्यु माइती भन्छन् जातकै कारण छोरीको ज्यान गयो

  • बुधबार, अशोज २७, २०७८
अन्तरजातीय बिवाहा गरेको ६ महिनामा बिना बिकको रहस्यमय मृ’त्यु माइती भन्छन् जातकै कारण छोरीको ज्यान गयो

पोखरा —  ६ महिना अगाडी अन्तरजातीय प्रेम बिवाहा गरेकी बिना बिक असोज २१ गते पोखरा लेखनाथ २७ मा आफ्नै घरको कोठामा झु’न्डिएको मृ’त अ’बस्थामा फेला परेकी थिइन् । गाउँ कै सन्तोष कुमाल सग प्रेम भए पछि उनी ६ महिना अगाडि बिवाहा गरेकी हुन् । सानो जात ल्यायो भनी घर परिवारले भने बिनालाइ स्वी’कार नगरेको बिनाको आमा बताउछिन् ।

छोरीलाई ज्वाइँले माया नै गर्थेँ हामीले देख्दा पनि सम्बन्ध बाहिर रूपमा ठिकै थियो तर ज्वाइँको परिवारले भने सानो जातको भनी घरमा भित्राएका थिएनन् छोरी र ज्वाइँले एउटा कोठामा छुट्टै पकाएर खान्थे र बस्थे परिवारले बुहारी स्वीकार गरेको थिएन । हामी किन परिवारले यसरी अस्वी’कार गर्‍यो भनी छलफल गर्ने तयारीमा थियौ छोरीको एक्कासि यस्तो घटना घट्यो ।

हामीले छोरीलाई दाल चामल देखि सबै चिज सहयोग गरेका थियौ छोरी ज्वाइँ माइत आउने जाने पनि हुन्थ्यो । जुन दिन घटना घट्यो त्यो दिन पनि छोरी माइत आएर एक छिन कुरा गरी आधा किलो कुखुराको मासु लिएर गएकी हुन् । बेलुका प्रहरीले एक्कासि फोन गरी छोरीले आत्म’ह’त्या गरिनछ भनी बोलाए । हाम्रो सहमति र हामीलाई नसोधी छोरी झुन्डिएको डो’री काटिए छ ।

हतार हतार पो’स्टमार्टम गर्न भनी ला’स लगियो । बिनाका बुवा होमबहादुर बिक भन्छन् प्रहरी र केटाका परिवारले छोरीको लास बुझ भन्दै दबाब दिइरहेको छन् अस्पतालमा लास राख्ने ठाउँ छैन पोस्टमार्टम भइसक्यो ला’स बुझ्नु भनी बारबार फोन गर्दै र घरमा आइ दबाब दिएका छन् । छोरीको हत्यारालाई कारबाही नउद्या सम्म म लास बुझ्दिन ।

जातकै कारण मेरो छोरीको ज्यान गएको हो हामीलाई न्याय चाहिन्छ । प्रहरीको अनुसन्धान के भएको छ त्यो त थाहा छैन घटना घटेको पर्सिपल्ट ज्वाइँ सन्तोष कुमाललाई प्रहरीले पक्डेको भन्ने खबर चाहिँ पाएको छु । आफुहरु छोरीको घटनाले होस नै गुमायौ हामी गरिबको पक्षमा बोल्दिने कोही हुदोरैनछ । कसैले पनि वास्ता नगरेको बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार