शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फुटबल
  • साफ च्याम्पियनसीप फुटबल : नेपाल पहिलो पटक फाइनल पुग्ने

साफ च्याम्पियनसीप फुटबल : नेपाल पहिलो पटक फाइनल पुग्ने

  • बुधबार, अशोज २७, २०७८
साफ च्याम्पियनसीप फुटबल : नेपाल पहिलो पटक फाइनल पुग्ने

काठमाडौँ — माल्दिभ्समा जारी साफ च्याम्पियनसीप फुटबलमा आज फाइनल पुग्ने टोलीको टुङ्गो लाग्दैछ ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले मालेस्थित नेसनल रंगशालामा दिउँसो ४ : ४५ बजे बंगलादेशसँग तथा माल्दिभ्सले भारतसँग खेल्दैछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन । तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ ।

नेपालले साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन् ।

६-६ अंक जोडेका नेपाल र माल्दिभ्सलाई बराबरी मात्रैले पनि फाइनलमा पुर्‍याउने छ भने भारत र बंगलादेशलाई जितको विकल्प छैन । प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता छ ।

६ अंक नै भएको माल्दिभ्स गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ । ५ अंक जोडेको भारत तेस्रो तथा ४ अंक जोडेको बंगलादेश चौथो स्थानमा छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा गत आइतबार नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

५ राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट २ टोली फाइनलमा पुग्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार