बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट)

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट)

  • मङ्लबार, अशोज २६, २०७८
मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट)

मुगु — नेपालगंजबाट मुगु  जादै गरेकाे बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जसमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्‍ज लगिएको छ। घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार