शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • कर्णाली नदिले कटान गर्न थालेपछी जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकीको सामान सारीयाे

कर्णाली नदिले कटान गर्न थालेपछी जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकीको सामान सारीयाे

  • मङ्लबार, अशोज २६, २०७८
कर्णाली नदिले कटान गर्न थालेपछी जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकीको सामान सारीयाे

बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ रूडीको मुनिबाट खसेको पहिरोले पुनः कर्णाली नदि थुनिए संगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी जोखीममा परेका छन । स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो बग्न थालेपछि कर्णाली नदिकाे छेउमा रहेको जुड्डी प्रहरी चौकी र जगन्नाथ गाउँपालिका पनि जोखीममा रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।

कणर्ली नदि थुनिएर गाउँपालिका र प्रहरी चौकी तिरको भाग कटान गर्न सुरु गरेको कार्यालयमा रहेको सबै सामान सुरक्षित ठाउँतिर सराइसकेको प्रहरीले जानकारी दिएको छ । यस अघि साउन महिनामा पनि कर्णाली नदि थुनिएको थियो ।
रुडि गाउँको मुनीबाट मंगलबार बिहान देखी निरन्तर सुख्खा पहिरो खस्न थालेको भन्ने खवर पश्चात इलाका प्रहरी चौकी कोल्टीबाट प्रहरी निरक्षक सहितको थप टोली त्यहा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्ररही नायव उपरिक्षक मदनजित महराले बताएका छन । पहिरो खस्न थालेपछि कर्णाली नदिलाइ सागुरो बनाएर केही भाग थुनिएको जनाएको छ ।

कर्णालीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाको कार्यालय र जुड्डीमा रहेको प्रहरी चौकी समेत उच्च जोखीम भएको भन्दै गाउँपालिका र प्रहरी चौकीले आफु सुरक्षित हुने ठाउँमा सामान सराउन थालिएको प्रहरीले जनाएको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो नदीमा बिहानदेखी निरन्तर खसीरहेको स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार