शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • विर्तामोडमा मासु व्यवसायीको हत्या

विर्तामोडमा मासु व्यवसायीको हत्या

  • सोमवार, अशोज २५, २०७८
विर्तामोडमा मासु व्यवसायीको हत्या

झापाको विर्तामोडमा आइतबार राति मासु व्यवसायीको हत्या भएको छ।

विर्तामोड-५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा-६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

पसलमै बसिरहेको बेला राति करीब ८ बजे उनको हत्या भएको स्थानीयले बताएका छन्। मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार