शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आउँछन जान्छन मेला पर्व ( गजल)

आउँछन जान्छन मेला पर्व ( गजल)

  • आइतवार, अशोज २४, २०७८
आउँछन जान्छन मेला पर्व ( गजल)

यसपालि त हामिले दंशै मनाएनौ न आए घरमा,
शुनो छ घर हामि टिका लगाएनौ न आए घरमा।

शोकाकुलछौँ हामी हाम्रो घर पनि त सुनो सुनोछ,
न जमरा टिकाकै थाली सझाएनौ न आए घरमा।

अधुरोछ घर कता कति बिजाएको छ हिया पनि,
यो बर्षभरि आशु सेवाए बहाएनौ न आए घरमा।

आउँछन जान्छन मेला पर्व पनि हामि बाँचे पछि,
योपालिको दंशैपर्व हामि सराएनौ न आए घरमा।

खुसिछैन मनमा छाडिगए अबिभावक यो घरका,
छन उनै सँग पनि खुसि भेटाएनौ न आए घरमा।

ए दंशै यस्तै बेला नआए कसैलाई खोज्दै कहिलै,
शुभकामना नि कसैलाई पठाएनौ न आए घरमा।

चर्चामा

सम्बन्धित समाचार