
तानसेन — सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको पोखरा थोकमा ट्रकको ठक्करबाट आइतबार बिहान पैदल यात्रुको मृत्यु भएको छ । आइतबार बिहान सडकमा हिँडिरहेको अवस्थामा ग २ ख ३३५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका २ पोखराथोक छतिवनका ५९ वर्षीय श्यामबहादुर रोकाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
घाइते अवस्थामा रहेका रोकाहालाई मिसन अस्पताल तानसेनतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।


