मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • चक्र शाहले किन देउवाको बिरासत तोड्न देबराजको साथ छोडे ?

चक्र शाहले किन देउवाको बिरासत तोड्न देबराजको साथ छोडे ?

  • आइतवार, अशोज २४, २०७८
चक्र शाहले किन देउवाको बिरासत तोड्न देबराजको साथ छोडे ?

बाजुरा–नेपाली काँग्रेस बाजुरा सातौ जिल्ला अधिबेशन भर्खर मात्र सकिएको छ । यो पटकको अधिबेशन बाट बाजुरा राजनितिमा निकै तरङ्ग ल्याएको छ । देउवाको विरासतका रुपमा चिनिएको बाजुरामा देउवापक्षले निकै लज्जास्पद हार ब्यहोर्नुपरेको छ ।
देउवाको बाजुरा काँग्रेस विरासत तोड्नमा मुख्य भुमिका चक्र शाहको रहेको पाईन्छ । १ महिना देखी पाटि सभापतिको उम्मेद्धवार घोषणा गरेका शाहले देउवा बाट टिकट नपाएपछि उनले कुनै गुट खेमा भन्दा पनि स्वतन्त्र तरिकाले सभापतिमा लडेका थिए । पहिलो चरणमा कसैको पनि बहुमत नआएपछि सभापति कसलाई सभापति बनाउने भुमिकामा शाह पुगेका थिए ।
दोस्रो चरणको चुनावमा पत्रकार सम्मेलन नै गरेर शाहले रामसिंह रावललाई सघाउन मतदातालाई अपिल गरेका थिए । लामो समय सम्म देउवा पक्षधर तथा देबराज जोशीको निकट मानिदै आएका शाहले खुलेर पौडेल पक्षलाई सघाएका छन् । त्यहि बाट उनि देबराज जोशीको टिम बाट अलग भएको प्रममाणित समेत भएको छ । शाहलाइ प्रधानमन्त्रि देउवा, नेता रमेश लेखक, एमपि साउदले फाेन गरेपनि शाहले उनिहरूकाे कुरा समेत अस्विकार गरेकाे एक स्राेतले वताएकाे छ ।
चक्र शाह र देबराज जोशी बिच लामो सयमसम्म तालमेल मिलेको देखिन्थ्यो । तर एकाएक सातौ जिल्ला अधिबेशन बाट शाहले देबराज जोशीको साथ छोडेर देबराज जोशी अघि सारेको उम्मेद्धवारनै हराउन लागे । शाह सफल पनि भए । शाहले देबराज जोशीलाई आफु पाटि सभापति लड्ने नेतृत्व परिवर्तन गर्नुपर्ने पटक पटक आग्रह गरेपनि जोशी बेखबर भएको एक स्रोतले बताउछ । जोशीले निर्वतमान अध्यक्ष कबिराज पण्डितलाई नै अघि सारेपछि शाह बाध्य भएर जोशीको विपक्षमा उभिएको बुझिन्छ ।
जोशी र शाह एउटै नगरपालिकाको हुन । उनिहरु बिच लामो समय देखी राजनितिक सुमुधर सम्बन्ध निकै रहेको थियो । स्थानिय चुनावमा दुबैको सहकार्यमा नगरप्रमुख दिपक बिक्रम शाहलाई अघि सारेर जिताएका पनि थिए । शाहले आफुलाई सभापति बनाउन जोशीलाई भने जोशीले पनि शुरुशुरुमा मिलाउछु भन्दै गए । अन्त्वमा देउवा गुटको पण्डित रहेको शाहलाई सहयोग गर्न नसकिने भनेपछि शाह पनि चुनावी मैदना गएको बुझिन्छ ।
शाह भन्छन्, पाटिका लागि धेरै लागियो, तर जसलाई सहयोग गरेर लागियो उनैले योगदानको कदर नगरेपछि बाध्य भएर अर्को पक्षतिर लागेको बताउँछन् । अहिले बाजुरा काँग्रेस देउवा पक्षको यो हविगत पुयाउनेका एक कमाउन्डर शाह पनि हुन् ।
नेपाली काँग्रेस महाधिबेन २५ जना प्रतिनिधिमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका ९ जना विजयी भएका छन् । जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । लामो समय सम्म देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत भत्किएको छ ।
सहसचिब सुरेन्द्र सिंह बाहेक सबै पौडेल सिटौला पक्ष विजयी भएका छन् । सिंह भने देउवा पक्ष बाट टिकट पाएर चुनावी मैदनामा उत्रिएका थिए । सभापति रामसिंह रावल, उप सभापतीमा नारायण पाध्याय र पदम बडुवाल पौडेल सिटौला पक्षका हुन् । पाध्यायलाई दुबै टिममा राखेपनि उनि जनक गिरी नजिकका रुपमा चिनिदै आएका छन् ।
सचिव विजयी तिलकराज पुरी र भरत बहादुर रोकाया दुबै जना पौडेल सिटौला पक्ष हुन् । सह सचिवमा कृष्णराज पाध्याय पौडेल सिटौला पक्ष हुन भने सुरेन्द्र बहादुर सिहं देउवा पक्षका हुन् ।

चर्चामा

सम्बन्धित समाचार