शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • हात्तीले कुल्चिएर एक जनाको मृत्यु

हात्तीले कुल्चिएर एक जनाको मृत्यु

  • आइतवार, अशोज २४, २०७८
हात्तीले कुल्चिएर एक जनाको मृत्यु

बर्दिया — बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राजापुर–१० हप्ती कोटियाबाट दक्षिणतर्फको बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनलाई घर फर्किंदै गर्दा गए राति हात्तीले कुल्चिएको अनुमान गरिएको बताए । दहितको शव आज बिहान बाटोमा फेला परेको थियो ।

मृतकको शरीरमा हात्तीले कुल्चिएको डाम देखिएकाले हात्तीले कुल्चिएको हुन सक्ने कार्कीले जानकारी दिए । उनका अनुसार घटनास्थल वरपर हात्तीका पाइला देखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार