शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जव परिवारकै सदस्य केही नादान हुनेगर्छ।

जव परिवारकै सदस्य केही नादान हुनेगर्छ।

  • शनिबार, अशोज २३, २०७८
जव परिवारकै सदस्य केही नादान हुनेगर्छ।

जव परिवारकै सदस्य केही नादान हुनेगर्छ।
त्यहीबेला हाम्रो आस्थामा अपमान हुनेगर्छ,

बलियो रहि रहँदैन घर कसैको पहिले जस्तै
जव आपसमा अधिकार ताना तान हुनेगर्छ।

फाईदा उठाउँछन हाम्रै कमजोरी बाट दुष्टले,
जब टुक्रा टुक्रामा बिभाजित जहान हुनेगर्छ।

त्यो ठुलो दरबार घर जस्तै हुन सक्दैन फेरी,
आपसमै लावाको भित्रभित्रै उफान हुनेगर्छ।

निच्चल अमृत छल्किएको आगनि घर भित्र,
जीवन अहेम हुन्छ एकताको उठान हुनेगर्छ।

पर्लय नजिक आउँन दिंदैन कुन दिनरातमा,
बिस्वाशको वे-मिशाल त्यँहा उडान हुनेगर्छ।

एकले आर्काको मर्म बुझ्न सक्ने सेते जस्तै,
जसको हियामा बास बस्ने ईनशान हुनेगर्छ।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार