शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • बझाङको एभरेष्ट बैकले दियो ‘इबिएल टच २४’ मोबाईल बैकिङमा धोका

बझाङको एभरेष्ट बैकले दियो ‘इबिएल टच २४’ मोबाईल बैकिङमा धोका

  • शुक्रबार, अशोज २२, २०७८
बझाङको एभरेष्ट बैकले दियो ‘इबिएल टच २४’ मोबाईल बैकिङमा धोका

अर्थ जङ्ग शाही/बझाङ — एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाईल बैंकिङ्ग एप ‘इबिएल टच २४’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको भएपनि अहिले एभरेष्ट बैकको ‘इबिएल टच २४’ को याप्स बाट रकम पठाउँदा समस्या आईरहेको छ।

आफ्नो खाताको ब्यालेन्स एभरेष्टको मोबाईल याप्स बाट अर्को खातामा हाल्न खोज्दा मोबाईल को ब्यालेन्स काट्ने,तर जुनमा ब्यालेन्स पठाएको हो त्यो मा नजाने हुदाँ अहिले एभरेष्ट बैक लिमिटेड बझाङको खातामा समस्या आईरहेको स्थानियको भनाई रहेको छ।

ब्यालेन्स गएको देखाउने, तर त्यो ब्यालेन्स पठाएको मान्छेको खातामा ब्यालेन्स नआउने हुदाँ केही यता एभरेष्ट बैक को मोबाईल याप्स चलाउने ब्यक्तिहरु मारमा परेका छन्।

यस बिषयमा थप कुरा बुझ्नका लागी हामीले एभरेष्ट बैँक लिमिटेड बझाङका कर्मचारी लाई फोन सम्पर्क गरेर बुझ्दा खेरी,केही दिन यता नेटवर्कको समस्याले हुन सकेको,त्यो पठाएको ब्यालेन्स पेन्डिङ्ग रहेको हुन सक्ने र पुन जुन ब्यक्तिको खाता हो त्यही खातामा ७ दिन देखी १० दिनको बिचमा फेर्ता आउने बडिमालिका खबरलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार