शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

  • शुक्रबार, अशोज २२, २०७८
करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली — कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो।

माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको र घटनाबारे अनुन्धान भइरहेको इलाका प्रहरी टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए।

चर्चामा

सम्बन्धित समाचार