शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

  • शुक्रबार, अशोज २२, २०७८
जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

एजेन्सी– जापानमा शक्तिशाली भूकम्प आएको छ ।

जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ । भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ ।

स्थानीय समयअनुसार बिहीबार बेलुका १०.४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्रसितसमेत भएका थिए ।

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन ।

भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार