बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेस बाजुराको सभापतिकाे दोस्रो मतदान आज दिउँसाे १ बजेदेखी हुने, पण्डित र रावल बिच प्रतिस्पर्धा

काँग्रेस बाजुराको सभापतिकाे दोस्रो मतदान आज दिउँसाे १ बजेदेखी हुने, पण्डित र रावल बिच प्रतिस्पर्धा

  • बिहिबार, अशोज २१, २०७८
काँग्रेस बाजुराको सभापतिकाे  दोस्रो मतदान आज दिउँसाे १ बजेदेखी  हुने, पण्डित र रावल बिच प्रतिस्पर्धा

बाजुरा — नेपाली काँग्रेस बाजुराको मंगलबार सम्पन्न ७ औँ जिल्ला अधिबेशनको मतदानबाट सभापतीका उम्मेद्धार कसैको पनि ५१ प्रतिशत अपुग भएपछि मुन मतदान हुने भएकाे छ । सभापतीका  उम्मेद्धार कबिराज पण्डीत र रामसिं रावल बिच पुन मतदान हुने भएकाे छ । ५१ प्रतिशत मत नपुग्दा पुन मतदान आज दिउसाे १ बजे देखी सुरू हुने भएकाे नेपाली काँग्रेस निर्बाचन समितिले जनाएकाे छ ।  जिल्लामा जम्मा १ हजार २ सय १२ मत मध्य १ हजार २ सय ५ मत खसेको पहिलो चुनावको मतगणना सकिए संगै कुनै पनी उम्मेद्धारले ५१ प्रतिसत मत नल्याएका कारण  दोस्रो चुनाव हुने जनाएकाे छ ।

अन्तिम मत परिणाम अनुसार सभापतीका उम्मेद्धार कबिराज पण्डितको ४ सय ८९ रामसिहं रावलको ४ सय ७४ रहेको छ भने स्वतन्त्र उम्मेद्धार चक्र शाहको १ सय ५२ मत रहेको छ ।
५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउन पर्ने हुन्छ तर पहिलो निर्बाचनमा कसैको पनि ५१ प्रतिशत पुगेकाे छैन । यस पछिको दोस्रो पटक हुने मतदानमा २ जना सभापतीका उम्मेद्धार कबिराज पण्डित र रामसिहं रावल बिच चुनावी प्रस्पिर्धा हुने भएको छ । चक्र शाह भने पहिलो चुनाब बाटै बाहिरीएका छन  । पण्डित देउवा पक्षबाट चुनाबी मैदानमा होमिएका छन भने रावललाई पौडेल पक्ष  सिटौला पक्षको सहयोग भएको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार