मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

  • बुधबार, अशोज २०, २०७८
गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

धनकुटाको पाख्रीबासमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । भोजपुरबाट धरानतर्फ जाँदै गरेको बा.२ख ५८४० नम्बरको बसबाट खस्दा सोही बसका सहचालक भोजपुर नगरपालिका– ११ आम्तोकका १७ वर्षीय धनबहादुर पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दीपककुमार रायले बताए ।

पाख्रीबास नगरपालिका– ४ रिङकिङडाँडामा गुडिरहेको बसको ढोकाबाट खस्दा सहचालक पाठक गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको डिएसपी रायले बताए । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकको आफन्तलाई भोजपुर खबर गरिसकिएको र बिहीबार उनको आफन्त आएपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

घटनापछि बस र चालक भोजपुरको अरुण गाउँपालिका– ७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार