बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • घरको छतबाट खसेर एकको मृत्यु

घरको छतबाट खसेर एकको मृत्यु

  • बुधबार, अशोज २०, २०७८
घरको छतबाट खसेर एकको मृत्यु

अर्घाखाँची — अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अन्सुअर आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको हो । शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार