बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • हत्या गरेर रुखमा झुण्ड्याइएको घटना, मुख्य योजनाकार पक्राउ

हत्या गरेर रुखमा झुण्ड्याइएको घटना, मुख्य योजनाकार पक्राउ

  • मङ्लबार, अशोज १९, २०७८
हत्या गरेर रुखमा झुण्ड्याइएको घटना, मुख्य योजनाकार पक्राउ

आफ्नै छिमेकीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर हत्या गर्ने मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिल प्रसाद बोलखेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलिराज लामिछानेले बताए ।

गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई अज्ञात समूहले हत्या गरेर रुखमा झुण्ड्याइको थियो ।घटनाको अनुसन्धानको क्रममा चन्द्रपुर ३ गैंडाटार घरभई हाल वडा ४ कप्तान बस्ने ३८ वर्षिय बोलखेलाई पक्राउ गर्न सफल भएको डिएसपी लामिछानेले बताए ।

बोलखेले चन्द्रपुर ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुयाँलको सहयोगमा सिन्धुली पिपलमाडी गाविस ९ घर भई हाल पर्साको पर्सागढी नगरपालिका ३ सृजनाटोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी पूर्व कावासोती नगरपालिका ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई ३ लाख रुपैयाँमा सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएको प्रहरीले जनाएको छ ।

गत असोज ११ गते ३ प्रहरीले जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ भने सो समय बोलखे फरार रहेका थिए । डिएसपी लिलाराज लामिछानेका अनुसार बोलखेलाई गत १७ गते आइतबार काठमाडौँको दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको थियो । जिल्ला अदालत गौर बाट ६ दिनको म्याद थमाई बोलखेलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार