बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

  • मङ्लबार, अशोज १९, २०७८
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

धनगढी — धनगढीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुरमा ना ८ ख २२४२ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको हो।

धनगढीबाट अत्तरियातर्फ गइरहेको बसले ठक्कर दिँदा घाइते भएका दार्चुलाका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते सुनारको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। बस र चालक आशिष चौधरी मालाखेती प्रहरीको नियन्त्रणमा छन्।

चर्चामा

सम्बन्धित समाचार