सोमवार, कार्तिक ८, २०७८
  • होमपेज
  • समाचार
  • गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु

गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु

  • आइतवार, अशोज १७, २०७८
गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु

काबुल — अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन्। जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ। बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक्षास्रोतले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन्।

गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका जनाइएको छ। एक स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति (एजेएससि) ले हत्याको निन्दा गरेको छ। गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन्।

अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन् । -रासस/सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार