शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • भ्यानको ठक्करबाट एकको मृत्यु, दुई घाइते

भ्यानको ठक्करबाट एकको मृत्यु, दुई घाइते

  • शनिबार, अशोज १६, २०७८
भ्यानको ठक्करबाट एकको मृत्यु, दुई घाइते

झापा — पिकअप भ्यानको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–५ घोडामारास्थित भित्री सडक खण्डमा शुक्रबार साँझ दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ च २५४६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमा उभिरहेका सोही ठाउँका ४० वर्षीया मीना पौडेल र उनकी १५ वर्षीया छोरी आइसा पौडेललाई ठक्कर दिएको थियो। आमा-छोरीलाई ठक्कर दिएर पिकअप पल्टिँदा पिकअपमा सवार कनकाई नगरपालिका-९ का ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्री घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा आइसाको मृत्यु भएको हो। मीनाको दाहिने खुट्टा, अनुहार र नाकमा चोट लागेको छ। बोहराको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा परी पिकअप चालक कनकाई–८ स्थित घैलाडुब्बाका ३६ वर्षीय अभय राजवंशीको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको र उपचारपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार